बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले चेल्सीलाई हरायो

एजेन्सी । रोपेली च्याम्पियन्स लिग क्वार्टर फाइनलको पहिलो लेगमा रियल म्याड्रिडले चेल्सीमाथि जित निकालेको छ । गएराति भएको खेलमो रियलले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउनको लागि करिम बेन्जेमाले ह्याट्रिक गरे । बेन्जेमाले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २१, २४ र ४६ औं मिनेटमा गोल गरेका थिए ।

चेल्सीका काइ हाभर्टेजले एक गोल फर्काए । उनले जर्गिन्होको पासमा ४०औं गोल गरेको थिए । खेलमा पछि परेको घरेलु टोली चेल्सीले रियलको पोस्टमा बढी आक्रमण बुनेपनि चेल्सीको पूर्व गोलरक्षक थिवाउट कोर्टुवा बाधक बने ।

यो जितपछि रियल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ । चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *