क्रीस्टल प्यालेसद्रारा आर्सनल ३-० ले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि क्रिस्टल प्यालेसले सानदार जित निकालेको छ । गएराति भएको खेलमा प्यालेसले आर्सनललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

प्यालेसलाई सानदार जिन दिलाउनको लागि जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको १६औं मिनेटमा मटेटाले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा जोर्डन एयुले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सानदार जित दिलाए ।

यो जितसँगै प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल ५४ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *