बार्सिलोनाद्रारा सेभिया १-० गोलले पराजित

एजेन्सी । बार्सिलोना स्पेनिस् ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलका सेभियामाथि १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले ७२औं मिनेटमा औसमाने डेम्वेलेको पासमा गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना २९ खेलबाट ५७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ५७ अंक रहेपनि बार्सिलोनाले एट्लेटिको म्याड्रिड र सेभियालाई गोल अन्तरमा पछि पारेको हो ।

बार्सिलोना अझै शीर्षस्थानको रियल म्याड्रिडभन्दा १२ अंकले पछि छ । रियलको ६९ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *