स्पेनिस ला लिगा : रियल म्याड्रिडद्रारा सेल्टा भिगो २-१ ले पराजित

एजेन्सी । स्पेनिस ला लिगामा अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउनको लागि दुवै गोल करिम बेन्जेमाले गरे । घरेलु टोलीका नोलिटोले एक गोल फर्काए ।

खेलको १९औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा नोलिटोले गर्दै गर्दै खेल १–१ को बराबरीमा ल्याए । ५९औँ मिनेटमा पेनाल्टीमार्फत बेन्जेमाले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जित्यो । यो जितसँगै रियलले यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक पुगेको छ । रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको म्याड्रिडलाई १२ अंकले पछि पारेको छ । पराजित सेल्टा ३६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *