विश्वकप छनौट : सेनेगलद्रारा इजिप्ट पराजित

एजेन्सी । सेनेगल विश्वक छनोटमा छनोट भएको छ । गएराति भएको प्ले अफको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा इजिप्टलाई ३-१ गोल पराजित गर्दै सेनेगल विश्वकमा छनोट भएको हो ।

सेनेगल पहिलो लेगमा इजिप्टसँग १-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो लेगमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए । खेलको निर्धारित समय र अतिरिक्त समयमा इजिप्टले गोल फर्काउन नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गरे । इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । इजिप्टका मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद पेनाल्टीमा चुकेका थिए । ​सेनेगलसँगै क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया समेत अफ्रिकाबाट विश्वकपमा छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *