विश्वकप छनौट : ब्राजिलद्रारा बोलिभियालाई ४-० गोल अन्तरले पराजित

एजेन्सी । विश्वकपमा छनोट भइसकेको ब्राजिलले सानदार जित निकालेको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिललाई सानदार जित दिलाउनको लागि रिर्चालिसन दुई गाेल गरे भने लुकास पिक्वाइटा र ब्रुनो गुइमारेसले समन एक–एक गोल गरे । ब्राजिलले पहिलो हाफमा दुई गोल गरेका थियो भने दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

खेलेको २४औँ मिनेटमा पिक्वाइटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रिर्चालिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

६६औँ मिनेटमा ब्रुनोले गोल गर्दै ब्राजिललाई ३-० ले अघि बढाए । इन्ज्युरी समयमा रिर्चालिसनले गाेल गर्दै ब्राजिललाई सानदार जित दिलाए ।

यसै वर्ष कतारमा हुने विश्वकपमा स्थन पक्का गरिसकेको ब्राजिलको १७ खेलबाट ४५ अंक जोडेको छ । बोलिभियाले १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *