पोर्तुगल र पोल्यान्ड विश्वकपमा भए छनोट

एजेन्सी । पोर्तुगल र पोल्यान्ड कतारमा हुने विश्वकपमा छनोट भएका छन् ।

प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले पराजित गर्दै पोर्तुगल विश्वकपका लागि छनोट भएको हो । पोर्तुगललाई जित दिलाउनको लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । उनले खेलको ३२औँ र ६५औँ मिनेटमा गोल गरेका थिए ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २-० हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *