विश्वकप छनौट : भेनेजुएलालाई अजेन्टिनाले ३-० गोलले पराजित

काठमाडौं । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलाबिरुद्ध ३–० गोलको जित निकालेको छ ।

शनिबार (आज) बिहान भएको खेलमा अर्जेन्टिनाका तर्फबाट निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले समान एक एक गोल गरेका थिए ।

अर्जेन्टिनाका लागि गोन्जालेजले ३५ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल डी मारियाले ७९ औं मिनेटमा गरेका थिए । त्यस्तै खेलको ८२ औं मिनेटमा कप्तान लिओनल मेस्सीले अर्को गोल थपेका थिए । मेस्सीको अन्तिम गोलसँगै भेनेज्वेला ३–० गोलले पराजित भएको हो ।

यो खेलसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक बनाउदै तालिकाको दास्रो स्थानमा छ । त्यस्तै हार व्यहोरेको भेनेज्वेला १० अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *