सेनेगलमाथि इजिप्टको सहज जित

एजेन्सी ! आत्मघाती गोलको सहयोगमा इजिप्टले विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले हराएको हो । कायरोमा भएको खेलमा इजिप्टले आत्मघाती गोलबाट जित निकाल्यो ।

खेलको चौथो मिनेटमा खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए । त्यसपछि सेनेगलले गोल फर्काउन सकेन् । दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।

विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । विश्वकप छनोट प्ले अफ अन्तर्गत भएको अर्काे खेलमा घाना र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् । घाना र नाइजेरीबीचको अर्काे खेल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *