विश्वकप फुटबल छनोट : प्ले अफमा पोर्तुगलद्रारा टर्की ३-१ ले पराजित

एजेन्सी । विश्वकप छनोट अन्तरगल प्ले अफमा पोर्तुगलले सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्तुगललाई जित दिलाउनका लागि ओटाभियो, डिएडो जोटा र म्याथिस लुइजले समान एक-एक गोल गरे । टर्कीका लागि बुराक यिल्माजले एक गोल फर्काए ।

खेलको १५औँ मिनेटमा ओटाभियोले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा डिएगोल गोल गर्दैै पोर्तुगलको अग्रता दोब्बर पारे ।

६५औं मिनेटमा बुराक यिल्माज गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । ८५औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थफ गरिएको चौथो मिनेटमा म्याथिएस लुइजले गोल गर्दै पोर्तुगलाई सहज जित दिलाए ।

गएराति नै भएको खेलमा नर्थ म्यासेडोनिया युरोपियन च्याम्पियन इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्को प्ले अफको फाइनमा पुगेको छ ।

अब पोर्तुगल विश्वकपमा छनोट हुनका नर्थ म्यासेडोनियासँग खेल्ने छ । पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल २९ मार्चमा हुनेछ । विजेता विश्वकमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *