म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४-१ को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । साउथह्याम्टनले एक गोल उपहार पाएको थियो ।

खेलको १२औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट सिटीले सुुरुवाती अग्रता लिएको थियो । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा एमरिक लापोर्टाले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुगेको थियो ।

६२औं मिनेटमा केमिन डि ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए । ७५औं मिनेटमा फिल फोडेनले तथा ७८औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको जित पक्का गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *