बार्सिलोनासँग रियल म्याड्रिड पराजित

एजेन्सी । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि सानदार जित निकालेको छ । गएराति भएको रियलकाे घरेलु मैदान
सान्टियागो बर्नाबाउमा भएकाे खेलमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि पिएर एमेरिक औबामेयाङले दुई गोल गरे भने रोनाल्ड अराउजो र फेरान टोरेसले समान एक-एक गोल गरे ।

२९औं मिनेटमा औबामेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले ओस्मान डेम्बेलेको क्रसमा गोल गरेको थिए । ३८औँ मिनेटमा डेम्बेलेको क्रसमा नै अराउजोले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० ले अघि बढाए ।

दोस्रो हाफमा पनि बार्सिलोनाले दुई गोल थप्यो । दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै औबामेयाङले गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।

यो जितसँगै बार्सिलोना पुनः तोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २८ खेलमा ५४ अंक जोडेको छ । हारका बाबजुद रियल शीर्ष स्थानमै छ ।
रियलले २९ खेलमा ६६ अंक जोडेको । दोस्रो स्थानको सेभिल्लाको २९ खेलमा ५७ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *