मिडल्सब्रगलाई चेल्सी पुग्यो एफए कपको सेमिफाइनलमा

एजेन्सी । चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मिडल्सब्रगलाई उसैको मैदनमा २–० गोल पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

चेल्सीलाई जित दिलाउनको लागि रोमेलु लुकाकु र हाकिम जियाचले समान एक–एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको १५औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ३१औँ मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *