बार्सिलोना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी ! घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै क्वाटर-फाइनलमा स्थान बनाएको छ ।

टर्की स्तानबुलमा भएको खेलमा  क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो । यस संगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ  । बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे । यस अघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए ।

पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९ औं मिनेटमा विजयी गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *