च्याम्पियन्स लिग अन्तरगत युनाइटेड राउन्ड अफ १६ चरणबाट नै बाहियो

एजेन्सी । स्पेनिस् क्लब एट्लेटिको म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित एट्लेटिकोले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा १-० र समग्रमा २-१ ले पराजित गर्दै एटलेटिको अघि बढेको हो । पहिलो युनाइटेड र एट्लेटिको १-१ को बराबरी खेलेका थिए ।

एट्लेटिकोको जितमा रेनान लोडीले गरेको गोल नै निणार्यक गोल बन्यो । उनले पहिलो हाफको ४१औं मिनेटमा गोल गरेका थिए । युनाइटेडले बल पोसेसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन ।

यस हारसँगै युनाइटेड च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *