फ्रेन्च लिग वानमा पिएसजीको जित

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले बोर्डेअक्समाथि ३-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पे, जुनियर नेयमार र लियान्द्रो ड्यानियल पारेडेसले समान एक-एक गोल गरे ।

खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ५२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा पारेडेसले गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई १५ अंकले पछि पारेको छ । पराजित बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *