बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ओसासुनामाथि ४-० को फराकिलो जित निकाल्दै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनाले २७ खेलबाट ५१ अंक जोडेको छ भने समान ५१ अंक भएपनि एट्लेटिको म्याड्रिड पछि परेको छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ ।

नोउक्याम्पमा बार्सिलोनालाई सानदार जित दिलाउनको लागि फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान एक-एक गोल गरे ।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा टोरेसले नै गोल गर्दै बार्सिलोनको अग्रता दोब्बर पारे ।

२७औं मिनेटमा इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३-० ले अघि बढाए । ७५औं मिनेटमा परिवर्तित रिकी पुचले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *