एसि मिलानसँग इम्पोली पराजित

एजेन्सी । सिरी ‘ए’ मा एसी मिलानले इम्पोलीमाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा एसी मिलानले इम्पोलीलाई १–० गोले अन्तरले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउनको लागि पिएरे कालुलुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै एसी मिलानले शीर्षस्थानमा ५ अंक अग्रताको लिएको छ । २९ खेलबाट एसी मिलानले ६३ अंक जोडेको छ । दुई खेल कम खेलको इन्टर मिलान ५८ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित इम्पोली ३२ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *