टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी । इंग्लि प्रिमियर लितमा म्यानचेस्टर युनाइटेडले होटेनहम हट्सपरमाथि जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । टोटेनहमको लागि ह्यारी केनले एक गोल गरे भने अर्को गो उपहार पायो ।

खेलको १२औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसको तीन मिटेपछि नै रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए ।

७२औं मिनेटमा पुनः खेल बराबरीमा आयो । रेगुइलोनको क्रसमा ह्यारी मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भएको थियो । ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई जित दिलाए ।

यस जितसँगै युनाइटेड २९ खेलमा ५० अंकसहित चौथो स्थानमा उक्लिएको छ । टोटेनहम भने २७ खेलमा ४५ अन्क्कसाथ सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *