युइएफए च्याम्पियन : लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी । इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियनको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गाएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएपनि समग्रमा २-१ को जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुग्न सफल भएको हो ।

लेगको दोस्रो खेलमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई जित दिलाएपनि पहिलो लेगमा हार भोगेका कारण त्यो जित अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन । पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो ।

मार्टिनेजले ६२औं मिनेटमा गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए । उनले एलेक्सिस साञ्चेजको पासमा गोल गर्न सफल भएका थिए । तर, साञ्चेज ६३औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेको थियो । यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *