टोटेनहमसँग एभर्टन पराजित

एजेन्सी । इंग्लिस प्रमियर लिगमा टोटेनहम हटस्परले सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई सानदार जित दिलाउनको लागि ह्यारी केनले दुई गोल गरे भने ह्युङ मिन सन र सर्जियो रिगुइलनले समानए एक-एक गोल गरे । एक गोल भने टोटेनहमले उपहार पाएको थियो ।

खेलको १४औँ मिनेटमा माइकल किनको आत्मघाती गोलबाट टोटेनहमले अग्रता लिएको थियो । १७औँ मिनेटमा मिन सनले गोल गर्दै टोटेनहमले आग्रता दोब्बर बनायो ।

३७औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३-० को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै सर्जियो रिगुइलनले गोल गर्दै टोटेनहमलाई ४-० ले अघि बढाए । ५५औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सानदार जित दिलाए ।

यो जितसँगै टोटेनहम २६ खेलबाट ४५ अंक जोडेर सातौं स्थानमा यथावत छ । समान अंक रहेको वेस्ट ह्याम युनाइटेड छैटौं स्थानमा छ । गोल अन्तरमा टोटेनहम अघि भएको हो । पराजित एभर्टन २२ अंक सहित १७औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *