म्यानचेस्टर युनाइटेमाथि सिटीको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि केभिन डि ब्रुएन र रियाद महारेजले समान दुई-दुई गोल गरे । युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा डि ब्रुएनको गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा जेडान सान्चोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
२८औं मिनेटमा डि ब्रुएनले नै गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । ६८औं मिनेटमा महारेजले गोल गर्दै खेललाई ३-१ ले अघि बढाए । इन्ज्युरी समयमा महारेजले नै व्यक्तिग दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ । सिटीको २८ खेलबाट ६९ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ६३ अंक छ । युनाइटेड ४७ अंकसहित पाँचै स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *