रियल बोटिस कोपा डेल रेको फाइनलमा

एजेन्सी । रियल बोटिस स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रायो कालेकानोसँग १-१ को बराबरी खेल्दै समग्रमा ३-२ को जित निकाल्दै रियल बोटिसले फाइनमा स्थान पक्का गरेको हो । पहिलो लेगमा रियल बोटिसले २-१ को जित निकालेको थियो ।

खेलको ८०औँ मिनेटमा वेवीले फ्रिकिममार्फत गोल गर्दै रायो भालेकोनोलाई सुरुवाती अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा बोर्जा इग्लेसियसले गोल गर्दै बोटिसलाई हारबाट जोगाए ।

अब रियल बेटिसले उपाधिको लागि भ्यालेन्सियासँग खेल्नेछ । भ्यालेन्सियाले बुधबार राति नै साविक उपविजेता एथलेटिको बिल्वाओलाई हराएर फाइनलमा पुगिसकेको छ । फाइनल २३ अप्रिलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *