चेल्सीलाई पराजित गर्दै लिभरपुलले जित्यो कारवाओ कपको उपाधि

एजेन्सी । कारवाओ कपको उपाधि लिभरपुलले जितेको छ । गएराति भएको फाइलमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीलाई टाइब्रेकरमा ११–१० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो ।

निर्धारित समय र थप गरिएको समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा लिभरपुलका सबै ११ खेलाडीले गोल गरेका थिए भने चेल्सीले अन्तिम पेनाल्टी चुकाउँदा उपाधिबाट वञ्चित बन्यो । अन्तिम प्रहारमा किपा एरिजावालगा चुक्दा लिभरपुलले उपाधि जित्यो ।

लिभरपुलका जेम्स मिल्नर, फाविन्हो, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, मोहम्मद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्ड्रिउ रोबर्टसन, हार्भे इलिओट, इब्राहिमा कोनाट र काओइम केलेहेरले गोल गरे ।

चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काई हाभर्टज, रिस जेम्स, जर्गिन्हो, एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे, टिमो वेर्नर, थियागो सिल्भा र ट्रिभो चलोवाह गोल गरेका थिए ।

च्याम्पियन बनेसँगै लिभरपुल कारवाओ कप सर्वाधिक जित्ने टोली बनेको छ । लिभरपुलले ९ पटक तथा म्यानचेस्टर सिटीले ८ पटक उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *