पोल्यान्डद्रारा रुससँगको विश्वकप छनौट प्ले-अफ बहिष्कार गर्ने

एजेन्सी । पोल्याण्डले रुससँगको विश्वकप छनौट अन्तर्गतको प्ले-अफ बहिष्कार गर्ने भएको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा पोल्याण्डको फुटबल एसोसिएसनले आउँदो मार्च २४ गते मस्कोमा हुने तय भएको प्ले–अफ बहिष्कार गर्ने निर्णय गरेको हो ।

रुससँगको खेल बहिष्कार गर्ने घोषणा सही निर्णय भएको कप्तान रोबर्ट लेवान्डोस्कीले बताएका छन् । उनले भनेका छन्– ‘युक्रेनमा सशस्त्र आक्रमण जारी रहेको अवस्थामा म रूसी राष्ट्रिय टोलीसँग खेल खेल्ने कल्पना गर्न सक्दिनँ । यसका लागि रुसी फुटबलर र फ्यानहरू जिम्मेवार छैनन्, तर हामी केही भइरहेको छैन भनेर बहाना गर्न सक्दैनौं ।’

कतारमा आउँदो नोभेम्बरमा हुने विश्वकप फुटबलमा स्थान बनाउनका लागि मार्चमा प्ले–अफ खेल हुँदैछ । रुसको संलग्नता हुने प्ले–अफ खेल रद्द गर्न माग पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *