नेपोलीमाथि सानदार जित निकाल्दै बार्सिलोना नकआउट चरणमा

एजेन्सी । युरोपा लिगमा सानदार जित निकाल्दै बार्सिलोना नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा नेपोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको बार्सिलोनाले समग्रमा ५-३ को जित निकालेको हो । लेगको पहिलो खेलमा बार्सिलोना र नेपोली १-१ को बराबरी खेलेका थिए ।

बार्सिलोनालाई सानदार जित दिलाउको लागि जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पीके र पिएरे इमरिक औवामियाङले समान एक-एक गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्रेले एक गोल फर्काए ।

खेलको आठौँ मिनेटमा अल्वाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १३औँ मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औँ मिनेटमा इन्सिग्रेले पेनाल्टीमार्फत गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए ।

४५औँ मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई ३-१ ले अघि बढाए । ५९औं मिनेटमा औवामियाङले गोल गरेपछि बार्सिलोना ४-१ ले अघि बढ्दै सहज जिततर्फ अघि बढ्यो ।

८७औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै खेललाई ४-२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *