च्याम्पियन्स लिग : लिलमाथि चेल्सीको सहज जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई सहज जित दिलाउनको लागि काई हाभर्टज र क्रिस्टियन पुलिसिसले समान एक-एक गोल गरे ।

खेलो आठौं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले हाकिम जियाचको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

६३औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले एङ्गोल कान्टेको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्यो ।

यो जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बालियो बनाएको छ । अब दोस्रो लेगको खेल लिलकै मेदानमा १७ मार्चमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *