एजेन्सी । इटालियन सिरी ‘ए’मा शीर्ष स्थानको दौडमा रहेको इन्टर मिलान पराजित भएको छ । गएराति भएको खेलमा इन्टर मिलान सस्सुलोसँग २-० गोल अन्तरले पराजित भएको हो ।
सस्सुलोलाई जिल दिलाउन जियाकोमो रास्पाडोरी र जियानलुका स्कामाकाले समान एक–एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको आठौं मिनेटमा जियाकोमोले गोल गर्दै सस्सुलोलाई अग्रता दिलाएका थिए । उनले डोमिनिको बेरारडीको पासमा गोल गरेका थिए ।
२६औं मिनेटमा जियानलुका स्कामाकाले गोल गर्दै सस्सुलोको अग्रता दोब्बर पारे । उनले हामिद ट्राओरेको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सुस्सुलोले जित्यो ।
यो हारसँगै इन्टरले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको इन्टर २५ खेलबाट ५४ अंक छ । एक खेल बढी खेलेको एसी मिलानको ५६ अंक छ । सस्सुलो २६ खेलबाट ३३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ ।