पूर्वप्रशिक्षक हरि खड्कालाई पाँच हजार जरिवाना

काठमाडौं ! नेपाली महिला फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार जरिवाना हुने फैसला सुनाइएको छ।

नक्कली शैक्षिक प्रमाण-पत्र लिएर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएर जागिर खाएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *