काठमाडौँ । पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ । आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले हराउँदै पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको हो ।
नियमित समय २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुगलले उपाधि चुम्न सफल भयो ।
खेलको २१औँ मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट मै पोर्चुगलले बराबरी गोल फर्कायो । पोर्चुगलका नुनो मेंडेसले २६औँ मिनेटमा गोल गरेका हुन् ।