नेपालले मरिससलाई १-० ले हरायो, विमल घर्तीमगरको गोल निर्णायक

काठमाण्डाै – पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।

नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *