काठमाडौंको फोहोर : बालेनलाई लाग्दैछ असफलको मोहर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् ।

लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् ।

लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ चिन्ता व्यक्त गरिरहेका छन् । प्रमुख साह भने ‘लामो समय फोहोर नउठ्दा’समेत व्यवस्थापनमा सक्रिय नदेखिएको पाइएको छ ।

महानगर प्रमुख निर्वाचित भएलगत्तै सक्रिय देखिएका साहमाथि पछिल्लो समय भने ‘सम्झौताक्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र समस्या समाधानमा निष्क्रिय देखाएको’ आरोप लागेको छ ।
नगरकार्यपालिकाको बिहीबार बसेको बैठकमा वडाध्यक्षले प्रमुख साहको ‘एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापनसम्बन्धी काम’ जानकारी नदिएको’ भन्दै चर्को आलोचना गरेका छन् ।

वडा १० अध्यक्ष रामकुमार केसीले ‘प्रमुखले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको’ भन्दै ‘टिमवर्कमा काम गर्न’ आग्रह गरेका छन् ।

‘प्रमुख असफल भए सिंगो महानगर जनप्रतिनिधि असफल हुने’ उनको भनाइ छ । याे खबर राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *