काठमाडौंको फोहोर आजबाट उठ्ने : यस्तो भयो सहमति

काठमाडौं : काठमाडौंको फोहोर आज (मंगलबार)देखि उठाइने भएको छ। हिजो सोमबार सिंहदरवारमा बसेको सर्वपक्षीय बैठकले मंगलबार देखि नै फोहोर व्यवस्थान गर्ने सहमति जुटाएको हो।

बैठकमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, प्रभावित क्षेत्रका बासिन्दाबीच फोहोर व्यवस्थापन गर्ने सम्बन्ध सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।
सहमतिपत्रमा प्रभावित क्षेत्रका बासिन्दाले भोलिदेखि नै फोहोर व्यवस्थापनमा सहजीकरण गर्ने उल्लेख छ। ‘२०७९ जेठ २४ गतेबाटै उपत्यकाको फोहोर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा उपर्युक्त विधिअनुसार विसर्जन गर्ने कार्यमा ककनी गाउँपालिका तथा धुनिवेशी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने,’ सहमति पत्रमा उल्लेख छ।
सरकारले प्रभावित क्षेत्रमा विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको छ। सहमतिपत्र अनुसार प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि ५ वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपन कार्यक्रमको लागि १ करोड ७० लाख विनियोजन गरेको उल्लेख छ।
त्यस्तै महानगरपालिकाको तर्फबाट प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य बिमा, पूर्वाधार विकासका लागि अनुदान र रासायनिक वा जैविक उपचार गरी दुर्गन्धित हटाउने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *