कैलालीको चौमाला स्थित पसलमा आगलागी : लाखौंको क्षति

धनगढी ! कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ चौमाला बजारमा रहेको मोबाइल ग्यालरीमा आगलागी भएको छ।

शनिबार साँझ कैलालीको गौरीगंगा नगरपालिका १ स्थित चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको हो।

मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ वटा पसल जलेर नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको  हो। गौरीगंगासँग दमकल नभएकाले बढी क्षति भएको हो। प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ।

विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिकाको दमकल पनि आगो निभाउनका लागि पठाइएको उपमहानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *