बालाजुस्थित जुत्ता कारखानामा आगजनी

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज (बुधबार) आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता कारखानामा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि त्यसतर्फ दमकल पठाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताएका छन् । ‘आगलागीको खबर आएको र कुन क्षेत्रमा हो भन्नेबारे मनिटरिङ भइरहेको जानकारी दिंदै मैनानीले भने, ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *