‘लप्पन छप्पन २’ फागुन २० गतेबाट प्रदर्शनमा आउँदै

काठमाडौं । मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’ फागुन २० गतेबाट प्रदर्शनमा आउदैछ । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा पटक पटक ढिलाई भएको यो फिल्म अन्ततः शिवरात्रिकै नजिकमा रिलिज हुदैछ । अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको फिल्मले सार्वजनिक ट्रेलर तथा टिजर मार्फत स्टाइलिस फिल्मको ट्याग पाइसकेको छ । पछिल्लो समय नेपालमा दक्षिण भारतीय फिल्मको प्रभाव बढेको समयमा यस फिल्मले दर्शकलाई निराश नबनाउने निर्माण पक्षको दावी छ । यस फिल्मको एक्सन , थ्रिल र सस्पेन्सलाइ दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त छन् ।
शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय रहेको यस एक्सन ड्रामा मार्फत शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ । यसमा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।
गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेर फिल्म निर्माण गरेका हुन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

फिल्मका निर्माता मध्येका निर्मलकुमार मिश्र राजनैतिक गतिविधिमा पनि सक्रिय छन् । उनी नेकपा एमाले कैलालीका नेता हुन । यसमा समीर खरेल क्रियटिभ निर्माता, सह-निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *