तीज विशेष : आज दर खाने दिन

काठमाडौं ! हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन दर खाने चलन छ । तीजको अघिल्लो दिन आज (आइतबार) दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ ।

विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी,  भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।

सत्ययुगमा देवी पार्वतीले शिवजीलाई पतिको रूपमा पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको धार्मिक मान्यता अनुसार हिन्दु महिलाहरूमा व्रत बस्ने परम्परा रहीआएको छ । तीजमा अविवाहित महिलाले योग्य पति तथा विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु , प्रगति र परिवासमा सुख शान्तिको कामना गर्दै व्रत बस्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *