असार १४ गते सरकारले दियो बकर ईदको विदा

काठमाडौं ! सरकारले असार १४ गते बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा ) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माद्वारा जारी सूचनामा भनिएको छ ‘नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा ) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *