आज तराईका जिल्लाहरुमा होली पर्व मनाइंदै

काठमाडाैँ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।

पहाडी क्षेत्रमा मनाइएकाे भाेलिपल्ट मात्र तराईका जिल्लाहरूमा हाेली पर्व मनाइन्छ । मनाउने तरीका समेत फरक र सांस्कृतिक माैलिकता झल्किन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *