धनगढीको मोहना नदीमा छठको रौनक, शुभकामना दिन पुगे नारदमुनी राना ( तस्बिरसहित)

धनगढी ! धनगढीको मोहना नदीमा छठ पर्व मनाइएको छ।विहानदेखि व्रत बसेका हिन्दु नारीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका हुन्।

छठ पर्व मनाइरहँदा एमालेको तर्फबाट कैलाली क्षेत्र न. ५ प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनि रानासमेत मोहना नदीकिनारमा शुभकामना दिन पुग्नुभएको थियो ।

उहाँले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुका साथै उपस्थित सबैलाई शुभकामना आदानप्रदान गर्नुभएको छ।

सोहि निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा २ का एमाले उम्मेदवार दुर्गा जोशी समेत उहाँसँग नदी किनार पुग्नुभएको थियो।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *