आज तिहारको दोस्रो दिन : सांझ घरघरमा लक्ष्मी पुजा गरिंदै

काठमाडौँ । प्रायः गाईतिहारको दिन मनाइने लक्ष्मीपूजा यसपालि भने कुकुर तिहारकै दिन मनाइँदैछ । आज कुकुर तिहार परेको छ र आजै साँझ लक्ष्मीपूजाको साइत समेत परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो । सामान्यतया काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा एवं गाई तिहार मनाइने गरिन्थ्यो ।

यसपालि गाई तिहार एवं औँसी (भोलि) का दिन सूर्यग्रहण समेत परेको छ । यसका कारण पनि लक्ष्मीपूजा अघिल्लै दिन मनाउनु उपयुक्त हुने संस्कृतिविदहरुको भनाइ छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरको पूजा गरेर मीठो मसिनो खुवाउने चलन छ । साथै बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ समेत रहेको छ ।

आज साँझ धनकी देवी लक्ष्मीको पूजा गरिँदै छ । बिहानैदेखि घर, आँगन तथा दैलो सफासुग्घर पारेर माला तथा झिलिमिली लगाउँदै साँझ धनकी देवी लक्ष्मीको पूजा-आराधना गरिन्छ । साथै आजै साँझ दीपावली समेत गरिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *