दोधारा चाँदनीको बाबाथानमा संचालित रामलिलाको समाप्ति

कंचनपुर ! दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन रामलिला सम्पन्न भएको छ । बाबाथानमा सञ्चालन गरिएको रामलिला मञ्चन सकिएको छ । आइतबार राति विधिवत रुपमा रामलिला नाट्य श्रंखलाको समापन गरिएको आयोजक संस्था आदर्श रामलिला समितिले जनाएको छ । रावणको बधसंगै रामलिला सकिएको छ ।

लामो समयदेखि दशैको सेरोफेरोमा सञ्चालन हुने रामलिला नाट्य श्रंखलाले साँस्कृतिक, धार्मिक, सामाजिक गतिविधिले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा सहयोग पुग्ने  अपेक्षा राखिएको छ ।

समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, नगर प्रवक्ता ओंम बस्नेत सहित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैर सरकारी संघ–संस्था, भक्तजन सहभागी भएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका ३ देबिस्थानमा रामलिला जारी छ । देबिस्थानमा प्रचण्ड चण्डी बिकास नेपालको आयोजनामा हिन्दुहरुको महान पर्व बिजय दशमी र शुभ दिपावलीको पावन अवसरमा संचालन भएको रामलिलाका निर्देशन भिमराज पन्त रहेका छन् ।

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउँदै आदर्शको बाटोमा डो¥याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *