कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ गते हुने

काठमाडौं ! कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी असोज ६ र ७ गते हुने तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार नतिजा प्रकाशित गरेसँगै ग्रेडवृद्धिको तालिका पनि प्रकाशित गरेको हो ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सयका दरले रकम बुझाउनु पर्ने बोर्डले जनाएको छ ।

उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूले भदौ २९ गतेभित्र दोब्बर शुल्क बुझाई सम्बन्धित विद्यालय मार्फत भदौ ३१ गते भित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *