स्पेनस्थित नेपाली राजदूतावासले यसरी मनायो संविधान दिवस

काठमाडौं ! स्पेनस्थित नेपाली राजदूतावासले २० सेप्टेम्बर २०२३ मा राजधानी म्याड्रिडमा भव्य स्वागतका साथ नेपालको राष्ट्रिय संविधान दिवस मनाएको छ।

स्पेन र नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो। राजदूत ढकालले प्रजातन्त्रतर्फको यात्रामा नेपाली जनताको दिगो भावना र नेपालको संविधान जारी गर्नमा उनीहरूको निर्णायक भूमिकामा जोड दिनुभयो । नेपाल र स्पेनबीचको सुमधुर द्विपक्षीय सम्बन्धलाई झल्काउँदै उहाँले व्यापार, पर्यटन, खेलकुद, शिक्षा, कृषि र संस्कृति जस्ता क्षेत्रमा केन्द्रित भएर यी सम्बन्धलाई थप सुदृढ बनाउने आशा व्यक्त गर्नुभयो ।