नेकपा एमालेको केन्द्रिय कमिटी बैठक भोलि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान अधिवेशनको तयारी सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान अधिवेशनको तयारीका लागि आजदेखि छलफल सुरु गर्नुुुभएको ।

अध्यक्ष ओलीले आजदेखि शीर्ष नेताहरुसँग विधानमाथि केन्द्रित रहेर छलफल सुरु गर्नुभएको हो । ओलीले आज स्थायी र केन्द्रीय कमिटीका सदस्यहरुसँग आज छुट्टाछुट्टै छलफल गर्दै हुनुहुन्छ ।

ओलीले स्थायी समिति सदस्यहरुबाट पार्टीको विधानका विषयमा एक्ला एक्लै छलफल गरेर सुझाव लिने तयारी गरेका बालकोट स्रोतले जनाएको छ । नवौँ महाधिवेशनबाट पारित विधानलाई समयानुकुल संसोधन गर्नका लागि अधिवेशन आह्वान गरिएको छ ।

आगामी भदौ २७ र २८ गते एमालेले विधान महाधिवेशन तोकेको छ । सोही विषयमा केन्द्रित रहेर आजदेखि ओलीले छलफल सुरु गर्नुभएको हो । दिउँसो नेताहरुलाई ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाउनु भएको छ।

२०७१ सालमा भएको नवौँ महाधिवेशनबाट पारित विधान संघीय संरचनाअनुसार नभएकाले विधान महाधिवेशन आयोजना गरिएको एमालेले जनाएको छ । विधानमा रहेको ७० वर्षे उमेरहदको विषयमा पनि यस महाधिवेशनमा थप निर्णय हुनसक्ने बताइएको छ ।

एमालेको यसअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरु समेत बनाइसकेको छ । एमालेले भोलिका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *