एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक मध्याह्न १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।