गोदावरी नगरपालिकाका विवादित वडा र नगर कमिटी यथाशीघ्र घोषणा गर्न जिल्ला अध्यक्षलाई ध्यानाकर्षण

कैलाली ! एमाले गोदावरी नगरपालिका वडा न.६ का अध्यक्ष संतोष सिंह र वडा न. ४ का अध्यक्ष रविन्द्र रोका मगरको पहलमा गोदावरी नगरपालिकाका सम्पूर्ण ११ वडा कमिटीका अध्यक्षको पूर्ण सहमतिको छलफलबाट विवादित रहेको वडा न.१ र नगर कमिटी स्वयंमा गोकर्ण भट्टको नेतृत्वमा यथाशिघ्र पूर्ण सहमतिमा नगर कमिटी चयन गर्न पहल सुरु भएको छ।

आज ११ जना पार्टी वडा कमिटीका अध्यक्ष को हस्ताक्षर सहित उनिहरुले एमाले कैलाली जिल्ला अध्यक्ष कमरेड रतन थापालाई भेटी ज्ञापन पत्रपनि बुझाएका छन।

वडा कमिटी विवादित हुदा र नगर कमिटी कार्यकारी नहुदा वडा तहमा हुनुपर्ने विभिन्न गतिविधि लामो समय देखी रोकिएको र नजिकै आउदै गरेको तीन तहको निर्वाचनमा पर्ने प्रभाव तथा टोल कमिटी गठनमा परेको समस्या लगायत नगर कमिटिले दिनु पर्ने निर्देशन र गर्नु पर्ने सहकार्य नहुदा पार्टिको आन्तरिक संगठनात्मक क्रियाकलाप ठप्प हुँदा उक्त ध्यानाकर्षण पत्र पार्टी अध्यक्ष थापालाई बुझाउन बाध्य भएको गोदावरी नगरपालिका वडा न. ४ एमाले अध्यक्ष रविन्द्र रोका मगरले सभ्यखबरलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *