एमाले सचिव भट्टद्रारा लालपुर कैलालीमा पार्टी वडा कार्यालयको उद्घाटन

कैलाली ! गोदावरी नगरपालिका वडा न. ६ मा नेकपा (एमाले) को वडा कार्यालय उद्घाटन भएको छ। उक्त पार्टी वडा कार्यालयको उद्घाटन नेकपा (एमाले) का सचिव एवं पार्टी प्रदेश इन्चार्ज लेखराज भट्टले गर्नुभएको हो।

वडा कार्यालय लालपुर चोकमा अवस्थित रहेको छ। उक्त उद्घाटन समारोहमा एमाले कैलाली सचिव डेजि पाण्डे, एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट लगायतका नेताहरुको उपस्थिति थियो। उक्त वडा न.६ मा एमालेका वडा अध्यक्ष युवा नेता सन्तोष सिंह हुनुहुन्छ।

उक्त अवसरमा केन्द्रिय सचिव भट्ट,जिल्ला सचिव पाण्डे लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *