एमालेका केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यको शपथ आज हुँदै

काठमाडौं ! नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यलाई आज शपथ खुवाउँदै छ।

अहिले बिहान ११ बजे केन्द्रीय कार्यालयमा मनोनीत केन्द्रीय सदस्य र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ। उनीहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाउँदै हुनुहुन्छ।

गत बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।