एमालेको सचिवालय बैठक जारी : महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । केहीबेर अघि सुरु भएको नेकपा एमाले सचिवालय बैठक जारी छ ।

बैठक हनुमानथान स्थित होटेल बसेरामा भइरहेको छ । आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी छ ।

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो ।

यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ ।